महाधिवेशनमा प्रकाशमानलाई कसले गर्यो अन्याय ? गरे यस्तो गुनासो

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता सिंहले १४औं महाधिवेशनमा तत्कालीन संस्थापन इतर समूहले आफूलाई अन्याय गरेको गुनासो गरेका छन्।

चाक्सीबारीस्थित आफ्नै निवासमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले १४औं महाधिवेशनमा आफू अन्यायमा परेकै कारण छुट्टै उम्मेदवारी दिएको बताएका हुन्। सिंह १४औं महाविधेशनमा सभापति पदमा हारेका नेता हुन्।

‘१३औं महाधिवेशनमा शेरबहादुरजीसँग प्रतिस्पर्धा गर्न मलाई जुनियर भनियो’, नेता सिंहले भने, ‘तर अहिले आएर मभन्दा जुनियरलाई मैले मानेर जानुपर्छ भनेपछि मैले अन्याय भयो भनें।’

१३औँ मा आफूलाई जुनियर भनेर सभापतिको प्रतिस्पर्धा गर्नबाट रोकेको समूहले १४औं महाधिवेशनमा आफूभन्दा जुनियरको नेतृत्वमा प्रतिस्र्धामा जाऔं भनेकाले समूह छाडेको सिंहले बताए।

‘१३औँ मा आफूलाई जुनियर भनेर यो विचार समूहले रोक्ने’, उनले प्रश्न गरे, ‘आज १४औँ मा म सिनियर हुँ भन्दा जुनियरको नेतृत्वमा म कसरी जान सक्छु?’

नेता सिंहले अर्काे प्रसंगमा स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचन समयमै हुनुपर्ने बताए। संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहको निर्वाचन संविधानबमोजिम हुनपर्ने जिकिर गरे।

संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँचदलीय गठबन्धन सरकारको सबैभन्दा महत्त्वपूर्ण कार्य भएको उनले बताए।

‘त्यसै बनेको गठबन्धन सरकार होइन। यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन’, सिंहले भने, ‘त्यो कारणले धेरै कामहरूमध्येमा यो गठबन्धनको सरकारको सबैभन्दा महत्त्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु हो।’

झण्डै दुईतिहाइ बहुमत पाएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेको र संविधानविपरीत बाटोमा गइरहेका बेला संविधानलाई ‘ट्रयाक’ मा ल्याउन गठबन्धन बनेको उनले स्मरण गराए।

सिफारिस

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ :छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र...

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU)...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

धेरै पढिएको