राष्ट्रियसभाको परिणामपछि माधव नेपालको पत्रकार सम्मेलन, गरे यस्तो घोषणा

राष्ट्रियसभाको निर्वाचनले पार्टीमा सुखद परिणामको संकेत गरेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियसभाको परिणाम गठबन्धनको पक्षमा आएको बताए। उनले आगामी निर्वाचनसम्म नै गठबन्धनले निरन्तरता पाउने जिकिर पनि गरेका छन्।

नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।एमाले ललितपुरका पूर्वअध्यक्ष समेत रहेका सिलवाललाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन्।

आज एकीकृत समाजवादीको केन्द्रीय कार्यालय शान्तिनगरमा एक कार्यक्रमको आयोजना गरि सिलवाललाई प्रवेश गराइएको हो। सिलवाललाई अध्यक्ष नेपालका अलवा समाजवादीका केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधरलगायतका नेताहरूले स्वागत गरेका हुन् । नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरु उत्साहित भएको बताए।

‘कारोना महामारीबीच पनि संगठन विस्तार र कमिटी गठनले तीब्रता पाइरहेको छ’, उनले भने, ‘एकीकृत समाजवादीमा समाहित हुनेहरुको संख्या तीव्ररुपमा बढिरहेको छ।’

देशमा तीनै तहका निर्वाचन चाँडो र समयमै गर्न आफूहरु तयार रहेको बताउँदै अध्यक्ष नेपालले विगतमा स्थानीय निर्वाचन तीन चरणमा भएकोले स्मरण गराए।

अध्यक्ष नेपालले संविधानमा भएको व्यवस्था अनुसार नै निर्वाचन हुने बताएका थिए।

‘अहिले निर्वाचनको कुरा भइरहेको छ। स्थानीय तहको निर्वाचन तीन चरणमा बैशाख, असार र असोजमा भएको थियो,’ उनले भने, ‘स्थानीय तहको अन्तिम परिणाम असोज ७ मा आएको थियो। त्यो नै अन्तिम मिति हुन्छ। यो अहिले बहसको विषय बनेको छ। संविधानमा पनि प्रष्ट रुपमा नै लेखेको छ।’

२०७४ सालमा असार १४ र असोज २ गते भएको दोस्रो र तेस्रो चरणको निर्वाचनबाट विजयी भएका स्थानीय तहका जनप्रतिनिधिलाई पनि पाँच वर्ष कार्यकाल पूरा गर्न दिने संविधानमा प्रष्ट उल्लेख रहेको उनले जिकिर गरे।

उनले संविधान र ऐन बाझिएमा संविधानअनुसार अगाडि बढनुपर्ने भएकाले यसबारे दलहरुबीच छलफल भइरहेको पनि उल्लेख गरेका छन्। छिट्टै उपयुक्त निष्कर्षमा पुगिने पनि उनले बताए।  त्यहीकारण पार्टीका इमान्दार नेता कार्यकर्ता एकीकृत समाजवादीको मूलघरमा आइरहेको पनि बताए।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको