३४ औं वर्षमा नगर विकास कोष : यी उत्कृष्ट नगरपालिका र कर्मचारीहरू सम्मानित (फोटो फिचर)

काठमाडौँ – ऋण लगानीमा पूर्वाधार, समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ नगर विकास कोष ३४ औं बार्षिकोत्सव मनाएको छ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट उपमहानगर, नगरपालिका, खानेपानी उपभोक्ता समिति र उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको छ।

देशभरबाट उत्कृष्ट नगरपालिका हुन सफल हरिवन नगरपालिकालाई सम्मान पत्र प्रदान गर्दै शहरी विकास मन्त्री रामकुमारी झाँक्री

कार्यक्रममा नगरपालिकातर्फ उत्कृष्ट हेटौंडा उपमहानगर र हरिवन नगरपालिका तथा खानेपानी आयोजनातर्फ उत्कृष्ट झापाको विर्तामोड खानेपानी उपभोक्ता समिति र सल्यानको शितलपाटी खलंगा खानेपानी उपभोक्ता समितिलाई सम्मान गरिएको थियो ।

खानेपानी आयोजनातर्फ उत्कृष्ट झापाको विर्तामोड खानेपानी उपभोक्ता समितिलाई सम्मान पत्र प्रदान गर्दै शहरी विकास मन्त्री रामकुमारी झाँक्री

वार्षिकोत्सवका अवसरमा कोषमा २५ बर्षदेखि कार्यरत अधिकृत मानबहादुर पुनलाई ५० हजार नगद सहित सम्मान गर्दै कार्यकुशलताको प्रसंशा गरिएको छ । त्यस्तै, कार्यकारी निर्देशकको सचिवालयमा कार्यरत हरकुश बोहोरा समेत उत्कृष्ट कर्मचारी बनेका छन् ।

खानेपानी आयोजनातर्फ उत्कृष्ट सल्यानको शितलपाटी खलंगा खानेपानी उपभोक्ता समितिलाई सम्मान पत्र प्रदान गर्दै शहरी विकास मन्त्री रामकुमारी झाँक्री

कार्यक्रममा कोषका पूर्व अध्यक्ष मधुसुदन अधिकारीलाई समेत सम्मान गरिएको थियो । सम्मानित भएपछि पूर्व अध्यक्ष अधिकारीले कोषको लगानी क्षमता बढाउन सरकारसँग आग्रह पनि गरे ।

बार्षिकोत्सवका अवसरमा कोषमा २५ बर्षदेखि कार्यरत अधिकृत मानबहादुर पुनलाई ५० हजार नगद सहित सम्मान गर्दै शहरी विकास मन्त्री रामकुमारी झाँक्री

बार्षिकोत्सवका अवसरमा भएको फुटसल प्रतियोगितामा उत्कृष्ट भएको मानव संशाधन विकास शाखाका प्रमुख सूर्यबहादुर कार्कीको समूह, उत्कृष्ट खेलाडी राकेश सिग्देल र उत्कृष्ट गोलकिपर मानबहादुर गुरुंग पुरस्कृत भए ।

उत्कृष्ट कर्मचारी कार्यकारी निर्देशकको सचिवालयमा कार्यरत हरकुश बोहोरा सम्मान गर्दै शहरी विकास मन्त्री रामकुमारी झाँक्री
कोषका पूर्व अध्यक्ष मधुसुदन अधिकारीलाई सम्मान गर्दै शहरी विकास मन्त्री रामकुमारी झाँक्री

 

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको