लिटिल क्लाइम्बर्स इङ्लिस स्कुलमा अवाकस प्रतियोगिता, स्मरण भए पहिलो (फोटो फिचर)

काठमाडौं – बालबालिकाको मस्तिष्कलाई सक्रिय बनाउने अवाकस प्रतियोगिता सम्पन्न भएको छ । बालविकास तथा एनसीमास संस्थाको सहयोगमा शुक्रबार नागार्जुन नगरपालिका स्थित लिटिल क्लाइम्बर्स इङ्लिस स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न गरिएको हो ।

शुक्रबार सम्पन्न प्रतियोगितामा ४ देखि ६ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता जनाएका थिए ।

प्रतियोगितामा स्मरण पौडेल पहिलो हुन सफल भएका छन् भने दोस्रो रोज थापा मगर, तेस्रोमा अर्नभ भुजेल, चौथोमा निश्चल खतिवडा र पाचौं निरुता श्रेष्ठ भएकी छन्  । विजयी हुने विद्यार्थीहरुलाई स्कुलले सम्मान गरेको थियो।

अवाकस विद्यार्थीहरुका लागि प्रभावकारी भएको भन्दै लिटिल क्लाइम्बर्स इङ्लिस स्कुलले दुई बर्षदेखि नियमित पाठ्यक्रममा समाबेश गर्दै आएको छ ।

अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितीय हिसाबका लागि क्यालकुलेटरको समेत आवश्यकता नपर्ने हुँदा यसलाई प्रभावकारी मानिएको प्रिन्सिपल दिलिप रेग्मीले बताए ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितिय समस्या समाधान गर्न सहज बनाउने, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ३५ भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । नेपालमा यसको प्रयोग १५ बर्षदेखि भएपनि विश्वमा भने यसको प्रयोग २ हजार बर्ष पहिले नै गरिएको पाइएको छ । कतिपय विद्यालयहरुमा यसलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आइएको छ ।

सिफारिस

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा फूल फुलेपछि काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा  रङ्गिएको हो। मध्य चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले काठमाडौँको सुन्दरतामा थप...

कस्तो रहला आइतबारसम्मको मौसम ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको...

भाइरल भेलु बाजेको निधन

सामाजिक सञ्जाल र युट्युवमा भेलुबाजेका नामले भाइरल प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ। उनको बिहीबार प्यूठान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताललाई उधृत...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कस्तो रहला आइतबारसम्मको मौसम ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

भाइरल भेलु बाजेको निधन

सामाजिक सञ्जाल र युट्युवमा भेलुबाजेका नामले भाइरल प्यूठानका मिनबहादुर...

एकैपटक ४८ जना उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं - सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको...

संघीय संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं - संसदको बजेट अधिवेशन आव्हान गरिएको छ । मन्त्रिपरिषद्को...

भारतलाई रकम भुक्तानी नगरेपछि नेपालमा इन्टरनेट सेवा बन्द

नेपालमा इन्टरनेट सेवामा समस्या देखिएको छ। विभिन्न निजी इन्टरनेट...

भक्तपुरमा इनार खन्ने क्रममा निसासिएर रामेछापका दुई जनाको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिक-४, खनालचोक सेतोमाइक्रो पार्कनजिकै इनार खन्ने क्रममा...

धेरै पढिएको