अन्तत : मन्त्री रामकुमारी झाँक्रीको राजीनामा, को-को बन्दैछन् नयाँ मन्त्री ?

सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले पनि राजीनामा दिने तयारी गरेकी छन् । उनले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी हुन् ।

नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीले तीन साता अघि नै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिँदै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई नाम सिफारिस गरिसकेको छ ।

मन्त्री झाँक्री निकट स्रोतका अनुसार कर्मचारीसँग विदाइ कार्यक्रम पनि आइतबार नै राखिएको छ । नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्री फिर्ता बोलाएर नयाँ नेताहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर मन्त्रीहरुले बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ दिएर सरकार छाड्ने बताएका थिए ।

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएकी मन्त्री झाँक्रीले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सरकार छाड्ने जानकारी गराउन लागेकी हुन् ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राजीनामा पत्र बुझाएका छन्।

संसदीय दलको बैठक बोलाउनुपर्ने मागबाट हस्ताक्षर फिर्ता लिएका उनले पूर्व प्रतिबद्धता अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र थमाएको उनी निकट स्रोतले जनाएको छ।

त्यस्तै जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने निर्णय गरेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले आइतबार बिहान आफूले मन्त्रीहरुको राजीनामा पत्र गोजीमा बोकेर हिँडेको अभिव्यक्ति दिएका थिए।

उनले उक्त राजीनामा पत्र गोजीमा लिएर हिँडिरहेको भन्दै कुनै पनि बेलामा सो पत्र सार्वजनिक गर्ने उल्लेख गरे। अध्यक्ष नेपालले अन्य मन्त्रीहरूले पनि आफूलाई राजीनामा पत्र पठाउनेमा विश्वास व्यक्त गरे।

उनले आफ्ना मन्त्रीतिर लक्षित गर्दै आफूले पद पाएपछि नछाड्ने रोग देखिएको बताए।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको