मोदीसँग भेट्न पुगेका प्रचण्डलाई नारायणकाजीले दिए यस्ता सुझाव

सत्तारुढ नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारत भ्रमणमा रहेका आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अतिक्रमित नेपाली भूमि फिर्ताबारे त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राख्न सुझाव दिएका छन्।

शुक्रबारदेखि भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले आज मोदीसँग भेटवार्ता गर्दै छन्। त्यस बेला लिम्पियाधुरा, कालापानीको अतिक्रमित भूमि फिर्ताको मुद्दा उठाउन उनले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका हुन्।

अध्यक्ष प्रचण्डले शनिबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक सार्वजनिक कार्यक्रममा नेपाल–भारत बीचको १९५० को सन्धि पुनरवलोकन गर्नुपर्ने आवश्यकता औंल्याउदै त्यस निम्ति आह्वान गरेको जानकारी पनि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले दिएका छन्।

त्यसैगरी प्रचण्डले ईपीजी प्रतिवेदन बुझ्न र सबै द्विपक्षीय विषय कूटनीतिक माध्यमबाट समाधान गर्न अपिल गरेको उनले बताएका छन्।

त्यसका लागि धन्यवाद दिँदै श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भारतीय प्रम मोदीसँगको भेटवार्तामा पनि लिम्पियाधुरा, कालापानीको अतिक्रमित भूमि फिर्ता गर्नेलगायत नेपालको राष्ट्रिय हितका उपरोक्त सबै मुद्दाहरू स्पष्टसँग राख्नु हुने आशा गर्दछु।’

यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चीनलाई कमजोर पार्न अमेरिकाले नेपालको भूमि र राजनीतिलाई प्रयोग गर्न चाहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले तीन ठूला शक्ति राष्ट्रले नेपालमा के चाहन्छ भन्ने प्रश्न उठाए ।

दक्षिणी छिमेकी भारतले नेपाललाई आफ्नो प्रभाव क्षेत्रका रुपमा लिन चाहेको उनले बताए । माओवादी केन्द्रका नेता श्रेष्ठले अघि भने, ‘चीनले महाशक्ति बन्ने यात्रामा व्यवधान गर्ने शक्तिहरु नेपाल भएर फ्रि तिब्बतको मुद्दा लिएर होस् वा नेपालको भूमि प्रयोग गरेर होस् वा नेपालको सत्तालाई प्रयोग गरेर होस् वा नेपालको राजनीतिलाई प्रयोग गरेर चीन विरोधी थलोका रुपमा नेपाल हुन नपाओस् भनेर हेर्छ ।’

अमेरिकाले भने नेपाली भूमि वा राजनीतिलाई प्रयोग गरेर चीनलाई कमजोर पार्न खोजेको श्रेष्ठले बताए । ‘अहिलेको विश्व परिवेशमा आफ्नो खस्किँदै गरेको महाशक्ति भूमिकालाई कायम राख्न चीनलाई कमजोर पार्न नेपालको भूमि र नेपालको राजनीतिलाई कमजोर पार्न चाहन्छ,’ उनले अमेरिकाबारे भने, ‘नेपालमा अहिले पनि जनमतको हिसाबले अग्रस्थानमा रहेको वामपन्थी आन्दोलनलाई क्षतविक्षत बनाउन चाहन्छ ।’

यसलाई चिर्ने ठीक नीति र व्यवहार नै आजको आवश्यकता भएको माओवादी केन्द्रका नेता श्रेष्ठले बताए । तर अहिले स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिमा विचलन त भइरहेको छैन भन्ने प्रश्न उठेको उनले बताए ।

श्रेष्ठले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि दलहरु र राजनीतिक नेतृत्वले चार काम गर्नुपर्ने बताए । उनले भने, ‘चुनाव लड्न वा पार्टी चलाउन कुनै पनि विदेशी पार्टी वा शक्तिसँग पैसा लिने काम बन्द गर्नुपर्छ । ठूलो कुरा गरेर कसैले पनि हुँदैन ।’

चुनाव जित्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा रष्ट्रिय बजेट भन्दा बाहिर विदेशीसँग सहयोग माग्ने र लिने काम बन्द गर्नुपर्ने उनले बताए ।

‘आफ्नो छोराछोरी, नातेदार वा भोट बैंक भएका कार्यकर्तालाई छात्रवृत्ति दिलाइदेऊ भनेर दूतावास गुहार्ने काम बन्द गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘सत्ता प्राप्त गर्नका निम्ति विदेशी हस्तक्षेप स्वीकार गर्ने वा आमन्त्रण गर्न बन्द गर्नुपर्छ ।’

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको