मोदीसँग भेट्न पुगेका प्रचण्डलाई नारायणकाजीले दिए यस्ता सुझाव

सत्तारुढ नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारत भ्रमणमा रहेका आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अतिक्रमित नेपाली भूमि फिर्ताबारे त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राख्न सुझाव दिएका छन्।

शुक्रबारदेखि भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले आज मोदीसँग भेटवार्ता गर्दै छन्। त्यस बेला लिम्पियाधुरा, कालापानीको अतिक्रमित भूमि फिर्ताको मुद्दा उठाउन उनले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका हुन्।

अध्यक्ष प्रचण्डले शनिबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक सार्वजनिक कार्यक्रममा नेपाल–भारत बीचको १९५० को सन्धि पुनरवलोकन गर्नुपर्ने आवश्यकता औंल्याउदै त्यस निम्ति आह्वान गरेको जानकारी पनि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले दिएका छन्।

त्यसैगरी प्रचण्डले ईपीजी प्रतिवेदन बुझ्न र सबै द्विपक्षीय विषय कूटनीतिक माध्यमबाट समाधान गर्न अपिल गरेको उनले बताएका छन्।

त्यसका लागि धन्यवाद दिँदै श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भारतीय प्रम मोदीसँगको भेटवार्तामा पनि लिम्पियाधुरा, कालापानीको अतिक्रमित भूमि फिर्ता गर्नेलगायत नेपालको राष्ट्रिय हितका उपरोक्त सबै मुद्दाहरू स्पष्टसँग राख्नु हुने आशा गर्दछु।’

यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चीनलाई कमजोर पार्न अमेरिकाले नेपालको भूमि र राजनीतिलाई प्रयोग गर्न चाहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले तीन ठूला शक्ति राष्ट्रले नेपालमा के चाहन्छ भन्ने प्रश्न उठाए ।

दक्षिणी छिमेकी भारतले नेपाललाई आफ्नो प्रभाव क्षेत्रका रुपमा लिन चाहेको उनले बताए । माओवादी केन्द्रका नेता श्रेष्ठले अघि भने, ‘चीनले महाशक्ति बन्ने यात्रामा व्यवधान गर्ने शक्तिहरु नेपाल भएर फ्रि तिब्बतको मुद्दा लिएर होस् वा नेपालको भूमि प्रयोग गरेर होस् वा नेपालको सत्तालाई प्रयोग गरेर होस् वा नेपालको राजनीतिलाई प्रयोग गरेर चीन विरोधी थलोका रुपमा नेपाल हुन नपाओस् भनेर हेर्छ ।’

अमेरिकाले भने नेपाली भूमि वा राजनीतिलाई प्रयोग गरेर चीनलाई कमजोर पार्न खोजेको श्रेष्ठले बताए । ‘अहिलेको विश्व परिवेशमा आफ्नो खस्किँदै गरेको महाशक्ति भूमिकालाई कायम राख्न चीनलाई कमजोर पार्न नेपालको भूमि र नेपालको राजनीतिलाई कमजोर पार्न चाहन्छ,’ उनले अमेरिकाबारे भने, ‘नेपालमा अहिले पनि जनमतको हिसाबले अग्रस्थानमा रहेको वामपन्थी आन्दोलनलाई क्षतविक्षत बनाउन चाहन्छ ।’

यसलाई चिर्ने ठीक नीति र व्यवहार नै आजको आवश्यकता भएको माओवादी केन्द्रका नेता श्रेष्ठले बताए । तर अहिले स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिमा विचलन त भइरहेको छैन भन्ने प्रश्न उठेको उनले बताए ।

श्रेष्ठले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि दलहरु र राजनीतिक नेतृत्वले चार काम गर्नुपर्ने बताए । उनले भने, ‘चुनाव लड्न वा पार्टी चलाउन कुनै पनि विदेशी पार्टी वा शक्तिसँग पैसा लिने काम बन्द गर्नुपर्छ । ठूलो कुरा गरेर कसैले पनि हुँदैन ।’

चुनाव जित्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा रष्ट्रिय बजेट भन्दा बाहिर विदेशीसँग सहयोग माग्ने र लिने काम बन्द गर्नुपर्ने उनले बताए ।

‘आफ्नो छोराछोरी, नातेदार वा भोट बैंक भएका कार्यकर्तालाई छात्रवृत्ति दिलाइदेऊ भनेर दूतावास गुहार्ने काम बन्द गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘सत्ता प्राप्त गर्नका निम्ति विदेशी हस्तक्षेप स्वीकार गर्ने वा आमन्त्रण गर्न बन्द गर्नुपर्छ ।’

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको