यी हुन् प्रेस युनियनको पदाधिकारीमा सर्वाधिक लोकप्रिय मत ल्याउने व्यक्ति

हेटौँडा – नेपाल प्रेस युनियनको हेटौडामा सम्पन्न महाधिवेशनबाट शिव लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

अध्यक्षमा निर्वाचित लम्सालले ७४५ मत ल्याउँदा निकटम प्रतिश्पर्धी अनिता विन्दुले ६१२ मत ल्याएकी छन् । नयाँ कार्यसमितिको पदाधिकारीमा भने महासचिवमा निर्वाचित दिलिप पौडेल र उपत्यका प्रदेशबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित जीवन भण्डारी सर्वाधिक लोकप्रिय देखिएका छन् । पदाधिकारीमा पौडेल र भण्डारीले मात्रै ८०० भन्दा बढी मत ल्याएका हुन् ।

पदाधिकारीमा सबैभन्दा धेरै मत ल्याएका पौडेललाई ८७८ जनाले मतदान गरेका थिए भने भण्डारीलाई ८४२ जनाले मतदान गरेका थिए । दुवै जनाले आफ्ना प्रतिश्पर्धीभन्दा दोब्बर मत पनि ल्याएका छन् । पौडेलका प्रतिश्पर्धी जगन्नाथ दुलालले ४५१ र भण्डारीका प्रतिश्पर्धी निरज खतिवडाले ४६२ मात्र मत प्राप्त गरेका थिए ।

उपत्यका उपाध्यक्षमा उपत्यकाका मतदाताले मात्रै मतदान गर्ने गलत बुझाईका कारण धेरै मतदाताले अरु पदमा मतदान गरेपनि उपत्यका उपाध्यक्षमा भने मतदान नगरेको पाइएको निर्वाचन समितिका राजकुमार कार्कीले बताए ।

उपत्यका उपाध्यक्षमा पनि देशभरीका सबै प्रतिनिधिले मतदान गर्न पाउने भन्ने बुझाई सबैमा भएको भए भण्डारीको मत अझ धेरै हुने कार्कीले जानकारी दिए ।

निर्वाचित पदाधिकारी मध्ये अधिकांश लम्साल प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् । बरिष्ठ उपाध्यक्षमा लम्साल पक्षका प्रेम केसी विजयी हुँदा अध्यक्षका दावेदार भएपनि बरिष्ठ उपाध्यक्षको उम्मेदवार भएका सरोज अधिकारी पराजित भएका छन् ।

खुल्ला दुई उपाध्यक्ष मध्ये एक जना लम्साल प्यानलका नकुल अर्याल र अर्का एक जना अनिता प्यानलका भिष्मराज ओझा विजयी भएका छन् ।

त्यसैगरी महिला उपाध्यक्षमा विजयी शलोजा दाहाल र समावेशी उपाध्यक्षमा विजयी दिपेन्द्र वान्तवा पनि लम्साल प्यानलकै हुन् ।

कोषाध्यक्षमा भने थोरै मतान्तरले अनिता समूहका माधव धिताल विजयी भएका छन् । उनले लम्साल प्यानलका रमेश वाग्लेलाई पछाडी पारेका हुन् ।

युनियनका कुल महाधिवेशन प्रतिनिधि मध्ये १३ सय ९२ मत खसेको थियो भने ६ मत बदर भएको थियो ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको