जब सभामुखले खरानीसमेत नेपालमा विदेशबाट आउँछ भन्ने सुने …

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले हरेक वस्तु आयात गर्नुपर्ने बिडम्वना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। विभिन्न हिसाबले देशमा गम्भीर अवस्था देखिएको उनले संकेत गरेका थिए ।

सभामुख सापकोटाले भने, ‘हामी कति बिडम्वनापूर्ण स्थितिमा बाँचिरहेका छौं भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौँ तर गुन्द्रुकसमेत अन्यत्रबाट आयात गर्छौं । जनै लाउँछौं तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै । खरानीसमेत नेपालमा आयात हुन्छ । यो सुनेर आफैं अचम्मित छु । २ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरू आयात गर्छौं । यो भन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ ?’

यस क्रममा सभामुख सापकोटाले युवाहरूको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका थिए। सोमबार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै उनले साइरनको भाषाको रुपमा आएको युवाहरूको आवाजलाई सुन्नु पर्ने बताए ।

‘अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट संकेतहरु मात्रै देखा परेका छन्, काठमाडौं, धरान लगायतका ठाउँहरुमा । यो संकेत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ ।’

यद्यपि उनले विश्वभर अराजकता र अन्तरविरोध मडारिन थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए । विश्वभर विभिन्न विषयमा अन्तरविरोध देखिँदा नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

‘वास्तवमा देशभर एक प्रकारको अन्तरविरोध मडारिन थालेका छन् । एक प्रकारको अराजकता भएको जस्तो छ । दुनियाँमा अभिभावकको खाँचो भएको जस्तो छ । यी सबै परिवेशबाट अहिले नयाँ विश्व दृष्टिकोणको आवश्यकता छ । दर्शनमा, सिद्धान्तमा विचारमा अहिले बहस छैन । सारा दुनियाँको ध्यान व्यापारमा केन्द्रित छ । हतियारको होडबाजी चलिरहेको छ । सैन्य क्षेत्रमा शक्ति राष्ट्रहरुले अत्यधिक खर्च गरिरहेका छन् । यस्तो परिस्थितिमा एउटा नयाँ विश्व दृष्टिकोणको निर्माणको दिशातर्फ संसारका महानतम व्यक्तित्वहरु लागिरहेका छन् । त्यही विश्व दृष्टिकोण निर्माणसँगै नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता छ,’ सभामुख सापकोटाले भने ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको