समाजवादी केन्द्रमा ओली पनि आउलान् ? यसो भन्छन् वामदेव

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले समाजवादी केन्द्र निर्माणमा धेरै ढिलाइ गर्न नहुने बताएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार सिंहदरबारस्थित माओवादीको संसदीय दलमा भएको भेटमा गौतमले प्रचण्डलाई समाजवादी केन्द्र छिटो बनाउन आग्रह गरेका हुन्।

भेटबारे जानकारी दिँदै उनले भने, ‘समाजवादी केन्द्र निर्माणमा वामपन्थी घटक सहमत भएको परिस्थितिमा यसलाई पूर्णता दिन ढिलाइ नगरौं भन्ने कुरा राखें,’ उनले भने।

छलफलमा प्रचण्डले शीर्ष नेताहरूबीच छिट्टै छलफल राखेर सफल बनाउने प्रतिवद्धता व्यक्त गरेको गौतमले बताए। यसका निम्ति अब छिट्टै संयोजन समितिलाई पूर्णता दिइने कुरा भएको गौतमको भनाइ छ।

‘पार्टीगत प्रतिनिधित्व हुने संयोजन समितिलाई पूर्णता दिन ढिला नगर्ने कुरा भयो। एउटै चुनाव चिन्हमा लड्ने गरी अघि बढ्ने तयारी छ,’ गौतमले भने।

मुलुकमा अब प्रजातान्त्रिक समाजवादी र वामपन्थी समाजवादी हुने गौतमले बताए। ‘राजनीति अब प्रजातान्त्रिक समाजवादी र वामपन्थी समाजवादीमा ध्रुवीकरण हुन्छ। एउटाको नेतृत्व कांग्रेसले र अर्को खेमाको नेतृत्व हामीले गर्नका निम्ति समाजवादी केन्द्र निर्माण गर्न लागेका हौं,’उनले भने।

एमाले अध्यक्ष केपी शर्मा ओली समाजवादी केन्द्रमा सामेल नहुने उनले बताए। ‘यो समाजवादी केन्द्र हो। उहाँको विचार समाजवादीसँग मिल्दैन, त्यसैले आउनु हुन्न। य‍ो विचारसँग सहमत हुनुभयो भने उहाँलाई समावेश गर्न कुनै आपत्ति छैन,’ गौतमले भने।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको