नीता ढुंगानाको कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं – नायिका नीता ढुंगाना अस्पतालबाट डिस्चार्ज भएकी छिन् । ‘एपेन्डीसाइट’ को सफल अप्रेशन पश्चात् नीता मंगलबार मेडीसिटि अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

नीताका श्रीमान हरिहर अधिकारीले सामाजिक सञ्जाल मार्फत डाक्टर र अस्पताललाई धन्यवाद दिदैं डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

नीता आइतबार अचानक बिरामी अस्वस्थ भएपछी अस्पताल भर्ना भएकी थिइन् । त्यस पश्चात् उनी अस्पताल भर्ना भएकी हुन् र अप्रेसन गरिएको हो । नीता ढुंगाना यतिबेला स्वास्थ्य लाभ गरिरहेकी छिन् ।

मानवीय संरचना अनुरुप हाम्रो पेटभित्र ठुलो आन्द्राको पहिलो भागमा रहेको औला आकारको एक मसिनो आन्द्रा लाई हामी ‘एपेन्डिक्स’ भन्छौ । एपेन्डिक्स जुकाजस्तो मसिनो आकारको हुने भएकै कारण आम व्यक्तिको सहजताका लागि यसलाई ‘जुके आन्द्रा पनि भन्ने गरिन्छ ।

पुरानो मान्यता अनुसार यस अंगको खासै केही काम नभएको भन्ने मानिएता पनि नयाँ खोज तथा अन्वेषणबाट यस अंगले आन्द्रालाई आवश्यक पर्ने लाभदायक जीवाणु दिनुका साथै विभिन्न रोगसंग लड्न सहयोग गर्ने तथ्य पुष्टि भएको छ ।

तर, विभिन्न कारणवश् यस अंगमा हुने संक्रमणका कारण यो भित्रभित्रै सुन्निदै पाँकेर आउने र फलस्वरुपः यसले बिरामीमा असहजता एवम् पीडा उत्पन्न गराउँछ । यही एपेन्डिक्स संक्रमणका कारण व्यक्तिमा उत्पन्न हुने समस्यालाई नै ‘एपेन्डिसाइटिस’ भनिन्छ ।

व्यक्तिको जीवनकालमा बालकदेखि वृद्धसम्म जुनसुकै उमेरमा पनि देखापर्न सक्ने यस समस्याले विशेषगरी २० देखि ४० वर्षको समूहलाई भने बढी सताएको देखिन्छ ।

मुख्यतया: विभिन्न कारणवश् एपेन्डिक्सको नलीमा अवरोध उत्पन्न जादा व्यक्तिलाई यस समस्याले सताउने गरेको पाइन्छ । त्यसबाहेक आन्द्रामा ग्याँस भरिनु, पेटमा कुनै गहिरो चोट लाग्नु र पाचन नलीको संक्रमण हुनु पनि यसका अन्य प्रमुख कारण हुन् । अन्यथा अत्यन्त न्युन प्रतिशत व्यक्तिमा मात्रै क्यान्सर वा रगतका कारण एपेन्डिक्समा संक्रमण हुने गर्दछ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको