तारकेश्वर घटनाः स्थानीयले खुलाए यस्तो रहस्य

काठमाडौं – काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएको खबरले सबैलाई शोकमा डुबाएको छ ।गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भई भई ताकेश्वर नगरपालिका–२ पदमसालमा बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डेको सिंगो परिवार सखाप भएको हो ।

सोमबार पाण्डेसँगै उनकी ३९ वर्षीय श्रीमती सुनीता काप्री पाण्डे, ८ वर्षीय छोरा आशिक पाण्डे र १३ वर्षीया आशिका पाण्डे मृत भेटिएका थिए । अहिले आखिर किन उक्त घटना घट्यो भन्ने विषयमा सबैले अनेक अड्कल गरिरहेका छन् ।

दिनेश १२ वर्ष वैदेशिक रोजगारीको सिलशिलामा साउदी अरब बसेर फर्के, उनी पछिल्लो समय मोबाइल पसल चलाएर बसिरहेका थिए ।श्रीमती पाण्डे नजिकै पसल चलाएर बसेकी थिइन् । जानकारी अनुसार केहि समयदेखि नै दिनेश र सुनीताको झगडा हुन्थ्यो । उनीहरु २ पटकसम्म बालाजु प्रहरी वृतले मिलापत्र गराएर छोडेको थियो ।

प्रहरीले मिलापत्र गराएर छोडे पनि पुनः झैँझगडा हुन थाल्यो । त्यसपछि समाजका दिग्गज व्यक्तितहरु भेला भएर सुनीताका दाजुभाइले, ‘तिमीहरुको जहिले झगडा पर्छ । यसले गर्दा समाजलाई असर गर्छ । त्यसकारण छुट्टिएर बस’ भनेका थिए ।

त्यसबेला सुनीताले ‘अहिले छुट्टिएर बसे भने छोराछोरीको भविष्य बिग्रन्छ । म छोराछोरी कै लागि छुट्टिन चाहन्न’ भनेकी थिइन् । उनीहरुको झगडाको कारण बिहेपछिको अवैध सम्बन्धलाई मानिएको छ ।

स्थानीयका अनुसार दिनेशको माइली भाउजुसँग नाजायज सम्बन्ध थियो भन्ने हल्ला चल्ने गरेको थियो । पाण्डे परिवारको घर एउटै भए पनि श्रीमान र छोराछोरी अलग बस्दै आएका थिए । घटनास्थलमा फेला परेको सुसाइड नोटमा पाण्डेले श्रीमती सुनीतामाथि गम्भीर आरोप लगाएका छन् ।

प्रहरीले फेला पारेको १० पेजको नोटमा दिनेशले श्रीमतीले आफूमाथि धेरै नै ज्यादति गरेको आरोप लगाए । श्रीमतीको ज्यादति सहन नसकेर आफूसहित परिवारका सदस्यको हत्या गर्न बाध्य भएको कुरा उल्लेख भएको प्रहरी श्रोतले जानकारी गराएको छ । साउदी हुँदा कमाएको सबै पैसा श्रीमतीलाई पठाएको कुरा पनि उनले जानकारी गराएका छन् । तर श्रीमतीले उक्त पैसा माइतीलाई दिने गरेकी थिइन् ।

साउदीबाट फर्केर घर आउँदा आफूमाथि नराम्रो व्यवहार भएको पनि उनले पत्रमा उल्लेख गरेका छन् । सामान्य कुरामा पनि विवाद हुने गर्थ्यो । आफूलाई कुटपिटसम्म गर्ने गरेको उनको आरोप छ । आफूले प्रतिकार गर्न खोज्दा घरेलु हिंसा र ज्यान मार्ने उद्योग गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

१२ वर्ष विदेश बसेर फर्कदा आफूलाई बेवास्ता गरेकी सुनीताले परपुरुषसँग घण्टौं फोनमा कुरा गर्ने गरेको दिनेशको आरोप छ । सुनीता ट्वाइलेट जाँदा पनि फोन सँगै लिएर जान्थिन् । ट्वाइलेटमै बसेर लामो समयसम्म अरुसँग कुरा गर्ने गरेको उनले बताएका छन् । छोराछोरीको माया लागेर आफूसँगै लैजान’ हत्या गरेको कुरा जनाइएको छ ।

सुनीताको माइती पक्षले उनलाई बेलायत पठाउन लागेको थियो । सुनीता बेलायत जाने तयारीमा भएको बताइन्छ । मृत्युको यकिन कारण भने पोस्टमार्टमपछि मात्रै खुल्ने प्रहरी बताउँछ । अहिले पनि यस घटनामाथि प्रहरीले गहिरो अनुसन्धान जारी राखेको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको