मेलम्ची बाढीपीडितलाई कुलमानले तपाईहरू परिचालित भएर म कहाँ आउने भनेपछि…

काठमाडौं – २०७८ असार को मेलम्चीखोलामा आएको बाढीले घरबार विहिन भएका पीडितहरु अधिकारको माग राख्दै कार्तिक २० गतेदेखि संघर्षमा उत्रिए । उनीहरुको माग थियो- गतवर्ष २०८१ असोज २१ गते तत्कालीन खानेपानीमन्त्री प्रदिप यादव सहित आयोजनाले गरेको सहमति पालना गर्नुपर्ने ।

कार्तिक २२ गते हेलम्बुबाट खानेपानी मन्त्रालयको वार्ताको टेवलमा बसेका बाढी पीडित संघर्ष समितिको मागहरुको खासै सुनुवाई भएन । पटक-पटक वार्ता र छलफलका लागि बाढीपीडित, ७ वर्षदेखि जग्गा भाडा नपाएका जग्गाधनी र मन्त्रिपरिषदले निर्णय गरेर कार्यान्वयन नभएको लोकल भेन्गर्सहरु र सुपवाला समितिका प्रतिनिधि सहमति खोज्न र न्याय पाउने आशामा जुटे । कार्तिक २५ गते एकाएक भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले मन्त्रालयको सभाहलमा बाढीपीडितलाई मागहरु पूरा गरिदिने भन्दै डाके ।

बाढीपीडितको मागहरु भनेर सकिनसक्दै उनी एकाएक रिसले चुर हुदै बाढी पीडितमाथी खनिए । बाढीपीडित भन्दै थिए- विगतमा हाम्रो घरजग्गाको नापजाँच गरि एकिन विवरण तयार गरि क्षतिपूर्ति दिने, आयोजनाको मुख्य प्रवेश मार्गसम्म पुग्ने बाटो कालोपत्रे हुनुपर्ने । तर एकाएक कुलमान राताराता आँखा लगाउदै पुर्पुरोमा हात लगाउदै रन्थनिरहेका थिए । बाढी पीडित मोदनाथ भण्डारी आफ्नै खेत लगेको आफ्नो दु:ख बताउदै थिए- कुलमान रिसाउदै भने – तपाई धेरै बोल्दै हुनुहुन्छ ‘म पनि कुरा बुझ्छु नि ! को मान्छे कहाँबाट सञ्चालित भैइराखेको भनेर’।

जेनजी आन्दोलनबाट र जनप्रिय नेताको छवि बनाएका कुलमानको एकाएक रौद्र रुप देखेपछि भण्डारी रोकिए । कुलमान अझै बाढीपीडितहरुसँग रिसाउदै भने- मेरो कारणले बाढी आएको हो र ?

४ बर्षदेखि बाढीका कारण घरवार विहिन एवं भएका एक टुक्रा पनि खेत नराखी बाढीले लगेर राहतका लागि धेरै ठाउँमा भौतारिएका भण्डारी निकै निराश देखिए । उनले भने-हामी हाम्रो माग राख्न आएको हो मन्त्रीज्यू, ४ दिनदेखि यही सिंहदरबारमा घुमिरहेका छौं । तपाईले अझै परिचालित भन्नुहुन्छ ? भन्दै रिसाउदै थचक्क बसे । कुलमान राता राता आँखा पार्दै जवाफ दिदै थिए ।

मन्त्री कुलमानले परिचालित भनेपछि हेलम्बु-४ का बाढी पीडित एवं संघर्ष समितिका अगुवा शिवप्रसाद लामिछानेले पनि निकै दु:ख लागेको बताए । हामी आफ्नो माग र अधिकारको लागि खानेपानी मन्त्रालयमा आएर वार्ता गरिरहेका थियौं तर भौतिक मन्त्रीले सडकको काम गर्ने भन्दै बोलाएर छलफल गर्दैगर्दा हाम्रो माग सुन्नु त कता हो कता ! उल्टै परिचालित हौं भनेर हप्कीदप्की गर्नु आफूहरुमाथि ठुलो अन्याय भएको बताए ।

उनले भने- “म ७१ बर्षको भएँ । प्रेसर र सुगरको दबाइ खाइरहेपनि बाढी पीडितका लागि केही हुन्छ कि भनेर दौडिरहेको छु । तर हाम्रो माग राख्दा मन्त्री कुलमान घिसीङले राहत र मलम लगाउलान भन्ने आशा थियो । बाहिर देखिए र बोलेजस्तो होइन रहेछन्, हप्कीदप्की गर्ने, रिसाउलु पाराको हुनुहुदो रहेछ । हामी दुखमा परेको मान्छेलाई को बाट परिचालित भनेर उफ्रिए, हामीलाई कसले परिचालन गर्नु र ? बाढीबाट पीडित हो, न्याय दिनुस् भनें” ।

बाढी पीडितहरुमध्ये अर्जुन भण्डारीले कुलमान समक्ष आफ्नो कुरा राख्दै भने- विगतमा भएको सहमति पालना भएन । तपाईले पनि गर्छु त भन्नुहुन्छ, कसरी विश्वास गर्नु ? भन्ने के भ्याएका थिए, कुलमानले तपाई यहाँ के गर्न आएको ? विश्वास छैन भने जानुस् भन्दै हकारे ।

रातको करिब १० बज्दै थियो । बाढी पीडितहरु कुनै न कुनै सहमति होस् र विगत ४ बर्षदेखि पीडित भएकोले केही माग पूरा हुने विश्वासमा मन्त्रालयका सचिव, कर्मचारी र मन्त्रीहरुसँग सवालजवाफ गरिरहेका थिए । यत्तिकैमा अर्का बाढीपीडित रमेशराज भण्डारीले भने- हामी माग्न आएको होइन, अधिकारको लागि आएको हो । पानी पठाए वापत हामीलाई कुनै न कुनै रुपमा सामाजिक न्यायको लागि भएपनि लेवि वा कुनै शुल्क त दिनुपर्यो नि । कि राजधानीवासीलाई निशुल्क पानी खुवाउनुपर्यो । यति के भन्न भ्याएका थिए- कुलमान जंगिदै तपाईको नाम के हो रे ? भन्दै प्रश्न गरे । उनले म रमेशराज भनिनसक्दै कुलमानले थर्काउदै भने- निशुल्क कहाँ हुन्छ ? तपाईहरुलाई के चाहियो ? लेवि सेवि अहिले हुदैन, कानून बनेपछि हुन्छ ।

२०७७ सालदेखि निरन्तर हिउँद याममा दैनिक २२ करोड लिटरसम्म खानेपानी आइरहेको छ । तर अहिलेसम्म खानेपानी परिपूरण लेवि निर्धारण नहुदाँ पानी विक्रि वापतको १ रुपैयाँ पनि रकम प्रभावित क्षेत्रका वासिन्दाले पाउन सकेका छैनन । यही विषयमा समेत उनीहरुले तत्काल लेवि निर्धारण गर्नुपर्ने माग गर्दै आएका थिए ।

वार्ता टोलिमा रहेर पीडितको पक्षमा आवाज उठाइरहेका विष्णु खड्काले मन्त्रीसँग तपाईमाथी अविश्वास होइन, विश्वास भएरै आएको हो । तर विश्वास गर्नका लागि ठोस कार्ययोजना अनुसार- कुन मितिमा, कसले, के गर्ने ? भन्ने एकिन गरेर मात्रै सहमति गर्नुपर्ने बताए । तर हतारो र तत्काल जवर्जस्ती भएपनि सहमति गराउने पक्षमा रहेका कुलमानले तपाईको बोली धेरै सुने, मागहरु प्रक्रियासंगत पूरा हुने भन्दै हप्काउन खोजे ।

तर बाढी पीडित र स्थानीय लोकल भेन्डर्स, भाडावालाहरु टसमस भएनन् । जवर्जस्ती र धम्काउने हो भने हामी अध्ययन गरेर भोलिमात्रै सहमति गर्छौ भने शिवप्रसाद लामिछाने बसेको कुर्सीबाट उठेपछि उनी अलि हच्चिए । उनले ल ल के के राख्ने भन्नु न त ! सहमति आजै गरौं ।

कुलमानले भने- आज सहमति गरौं । भोलि म आफैं मेलम्ची विहानै जान्छु । पानी राजधानी पनि पठाओ । तर बाढी पीडितहरुले भने- हामीले भनेको सहमति नभई पानी खोल्न सक्दैनौं । तपाई नजानुस् ।

फेरि कुलमान रिसाए । उनले भने- ल के के छ ? सबै राख्नुस् । म पूरा गर्न लगाउँछु । यसो भनिरहदाँ खानेपानी मन्त्रालयका सह-सचिव रुद्रप्रसाद पण्डितले कुलमानलाई जवाफ फर्काए । अर्काको मन्त्रालयको कुरा छ, अर्थ र प्रधानमन्त्री कार्यालयको जिम्मा हामीले यहाँ कसरी लिनु हजुर ? यति बोलिनसक्दै कुलमान फेरि जंगिए- तपाई आफ्नो काम गर्नुस् न । अरु किन टाउको दुखाउनुहुन्छ ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको