जो बगाउछ पसिना, अन्न उ फलाउछ।
कुना कप्चा खोस्रेर माटो उ नै चलाउछ।
उ नै पर्छ पिडामा, आधा पेट बाँच्दछ
अझै स्वभिमानी भै प्रतिकुलतामा हाँस्दछ।
पानी झरि सबै झेल्छ,दिन रात उ खट्दछ
कहिले बेँसी कैले टार, उ नै लेक चढ्दछ।
कैले सप्रन्छ त कहिले बिग्रन्छ उसको बाली
अर्को साल नयाँ आशामा खट्दछ सबै निरासा फालि
सपना ठुल-ठुला...
टीकाप्रसाद भट्ट
२०४१ साल तिर हात्ती छाप चप्पल अहिलेको जस्तो पिलन्धरे थिएन । साँच्ची हात्ती जस्तै थियो । बलियो अनि बाक्लो । भर्खर निस्केको रङरङ्गका हात्ती छाप चप्पल पट्काउदै हिंडदाको बेग्लै मज्जा आउथ्यो । त्यो भन्दा पहिला पायल चप्पल खुब चलेको थियो । पायललाई हातिछापले ख्याप्पै निलेको बेला थियो त्यो...
विपदको बेला स्वयंसेवकहरुको महत्वपूर्ण भुमिका रहने गर्छ, सामाजिक सेवा सार्वजनिक, निजि तथा सरकारी संस्थाहरुले प्रदान गर्ने सार्वजनिक सेवाहरुको रुप हो जसको निश्चित संगठन तथा सशक्त समुदायहरुको स्वयंसेवी समुह निर्माण गर्ने र विपदको समयमा ति समुहहरुको प्रभावकारी परिचालन गरी पिडितहरुमा मानवोचित व्यवहारबाट समानता र अवसर श्रृजना गर्ने कार्य गरिन्छ । यसरी गरिने...
कोराना भाइरस (कोभिट १९) को संक्रमणले विश्व यतिबेला आक्रान्त बनेको छ । चीनको वुहान सहरबाट सुरु भएको कोभिट १९ संक्रमणले हालसम्म विश्वका २ सय १५ देशमा महामारीको लिईसकेको छ । महामारीको रुपमा विश्वभर फैलिएको कोरोनना भाइरसबाट यो सामाग्री तयार पार्दा सम्म ६० लाख भन्दा धेरै संक्रमित भएका छन् भने...
कविता
बिहानैबाट सुरु हुने आरन चलाउने काम
मेरो उपासना हो।
त्यो ठाउँ मेरो मन्दिर हो
जहाँ हर दिन म पुजा गर्छु
म आराधना गर्छु।
हो त्यहि आरनले बचाएको छ मेरो परिवार
मलाई यो थाहा छ
यो देशका सयौं जातजातिकाका चुलाहरुमा
मैले बनाएका चुलेसी नाँचीरहेका छन्
मैले कुटेर तयार पारेका भड्डुहरुमा भात पकिरहेका छन्
खेत खलियानमा मैले नै बनाएका कुटो कोदालोहरु हाँसिरहेका...
गोपाल ढकाल, मनोविद।
लकडाउन शुरुभएपछि निदाउन गार्हो हुने , निदाइ हाले पनि बिच बिचमा निन्द्रा टुटिरहने , बिहान चाडै निन्द्रा खुल्ने र फेरी निदाउन कठिन हुने जस्ता सिकायत लिएर धैरे ब्यक्तिहरुले मनोपरामर्शका लागि फोन गर्न थालेका ।
बन्दाबन्दी पछिको समयमा अनिन्द्राको समस्या बढेर गएको देखिन्छ ।
कोरोनाको संकट तथा बन्दा बन्दिले...
करिब ३ दशक अघि नेपालमा पनि बुढापाकाले ल 'सलह किरा' आयो,सुर्य ढाकेर आयो,मध्यदिनमा नै रात पर्यो भन्ने गर्थे ,त्यो भन्दा २० गुणा ठुलो र खतरनाक सलह किराको भागेदार अहिले विश्व परिरहेको छ। अफ्रिकाको प्रकोपको रुपमा उत्पती लिएको भनिएको किरा सलह अहिले सिमालिया,केन्या,तान्जेनिया गर्दै साउदी अरब (जहाँ पेनिनसुलालमा भयको ठूलो बर्षा...
सन्तोषी शाही ठकुरी
नेपालको इतिहासलाई हेर्ने हो भने परापुर्वकाल देखि नै नारी समुदायलाई दोस्रो दर्जाको रुपमा ब्यवहार गरेको पाईन्छ् ।नेपालको सन्दर्भमा नारीको सम्बन्धलाई विगतका विभिन्न कालखण्डमा शासकहरुले गरेको ब्यवहार र रितितिथिलाई अहिले सम्झिदा पनि बिरक्त लागेर आउछ । तर नारीको तपस्या र बलिदानलाई सम्झेर आज आएर गौरवको अनुभुति पनि हुन्छ।...
जगन्नाथ शर्मा
"डाक्टर छन्?" कालो कुर्तासलवारमा सजिएकी सुमोनिकाले बाहिरैबाट सोधिन् । अस्पतालको ठुलो फलामे ढोका बन्द थियो । ढोकाको छेउमै बडेमानको मुखै छोप्ने चस्मा र नौलो पोसाक हेर्दा रंग नमिले पनि लामा गुरु जस्ता देखिने एकदुई मानिस थिए । तिनै हुन् या कुन हुन् डाक्टर ? सोध्न पनि डर लाग्यो सुमोनिकालाई ।...
विश्वभर फैलिएकाे काेभिड-१९ काे महामारीकाे कारण अहिले संसार लकडाउनमा छ। याे महामारिकाे असरबाट मानवजातिलाई बचाउनकाे लागि याे कदम चालिएता पनि धेरै मानिसहरूले आफ्नाे ज्यान गुमाइसकेका छन। साथै विश्वमा अर्थतन्त्र पुर्णरूपमा डामाडाेल भई खतराकाे सुचिमा सुचिकृत भईसकेकाे छ। नेपालमा पनि २०७६/१२/११ बाट सुरू भएकाे लकडाउन अहिले आएर खासै प्रभावकारी भएकाे...