काठमाडौं- – साञ्जेन जलविद्युत कम्पनी तथा रसुवागढी हाइड्रो पावरले निष्काशन गरेको साधारण शेयर ऊर्जा मन्त्रालयमा बिहीबार बाँडफाँड भएको छ । शेयर बाँडफाँड कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन पनि उपस्थित हुनुहुन्थ्यो ।
साञ्जेन जलविद्युत कम्पनीको शेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार १० कित्ताका लागि आवेदन दिएका सबै...
काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन ‘ग्रीन हाउस’मा निवास सरेका छन् । उनी अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर बस्दै आएको गैह्रीधारा स्थित सरकारी निवासबाट आज विहान लैनचौर स्थित उपराष्ट्रपति भवनमा सरेका हुन् ।
उनी आज विहान ७ः४५ बजे उपराष्ट्रपति भवनमा सरेको उनको सचिवालयले जनाएको छ । मन्त्री परिषदले...
चितवनको साैराहामा बुधबारबाट पन्ध्रौँ चितवन हात्ती महोत्सव आजदेखि शुरु भएकाे छ । सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राखि हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्दै...
काठमाडौं - जापानमा गएर काम गर्न चाहने नेपालीका लागि बाटो खुला भएको छ । जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएपछि जापानको श्रम बजारमा नेपालीलाई अवसर मिल्ने भएको हो ।
केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम...
काठमाडौँ - पेट्रोलियम पदार्थ खपत वार्षिक २० प्रतिशतका दरले बढ्दै गएको छ । बढ्दो सवारीसाधनको प्रयोगले इन्धनको खपत बढ्दै गएको हो । वार्षिक रूपमा खपत दर १५ देखि २० प्रतिशतले बढ्दै गएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
काठमाडौँ - माओवादी केन्द्रका शीर्ष नेताले आफ्ना मन्त्रीका निगरानी गर्ने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र सरकारमा पार्टीको नेतृत्व गरेका गृहमन्त्री राम बहादुर थापाले मन्त्रीहरूको काम कारबाहीको निगरानी गर्न लागेका हुन् ।
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर बनेका तीन बेग्लाबेग्लै पार्टीका नेताहरूसँग छलफल गरेका छन् । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।
कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)का तीन–तीन नेता भेला गरेर एउटै पार्टी बनाउन छलफल...
धनगढी - रेशम चौधरीलाई जेल भित्रै सांसद पदको शपथ ग्रहण र रिहा गर्ने तयारी भइरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन् । आपराधिक मुद्दालाई राजनीतिक नबनाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन् ।
काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाइएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरी सबै सेवासुविधा रोक्ने चेतावनी दिएका छन् ।
विद्यादेवी भण्डारी पुनः राष्ट्रपति निर्वाचित भएकी छन्। लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति र नेपालको संविधान घोषणा भएपछि निर्वाचित हुने पहिलो राष्ट्रपति